सरकार विधिबाट होइन पहुँचबाट चल्न थाल्यो [भिडियो]
hamrakura.com · Thu Sep 10 00:00:00 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका सचेतक निस्कल राईले सरकार संविधान, विधि र प्रक्रियाबाट चल्नुपर्नेमा पहुँचका आधारमा चल्न थालेको आरोप लगाएका छन्। बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ‘जेन्जी आन्दोलन’ को मर्मअनुसार पारदर्शिता, सुशासन, विधिको शासन र भ्रष्टाचार अन्त्यका लागि गम्भीर भएर काम गर्न सरकारलाई आग्रह गरे।
विधिको लागि आन्दोलनमा उत्रिएका युवाहरूको जगमा बनेको वर्तमान सरकारले नै विधि मिच्न थालेको बताउँदै उनले नेपाल रेडक्रस सोसाइटीमाथिको सरकारी हस्तक्षेपप्रति कडा आपत्ति जनाए। रेडक्रसलाई राजनीतिक शक्ति परीक्षण गर्ने थलो नबनाउन आग्रह गर्दै उनले वैधानिक प्रदेश तथा जिल्ला समितिमाथिको हस्तक्षेप रोक्न र विधान तथा कानुनअनुसार विशेष महाधिवेशनको वातावरण बनाई वैधानिक नेतृत्व चयन गर्न माग गरे। यसैगरी, मलेसिया रोजगारीका लागि सीमित २५ वटा वैदेशिक रोजगार व्यवसायी संस्था मात्र छनोट गर्ने तयारी भइरहेकोप्रति असन्तुष्टि जनाउँदै उनले छनोटको मापदण्ड, सङ्ख्या र प्रक्रिया पूर्ण रूपमा पारदर्शी बनाउन माग गरे।
Read full story at source (hamrakura.com)