पाँच दिनमै देवीघाटमा बेलिब्रिज तयार, आयो सञ्चालनमा [तस्बिरहरू]
hamrakura.com · Fri Sep 11 00:00:00 GMT 2026

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएको नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल नेपाली सेनाको अथक प्रयासपछि पाँच दिनमै पुनः निर्माण भएको छ। गत भदौ १० गतेको बाढीले पुल बगाउँदा नुवाकोट–धादिङ र रसुवागढी जोड्ने मुख्य ‘लाइफलाइन’ टुटेको थियो भने स्थानीय सर्वसाधारण आवातजावतमा ठूलो सास्ती भोग्न बाध्य भएका थिए।
विपद्का कारण आहत बनेका नागरिकको जनजीवन सहज बनाउन सरकारले तत्काल देवीघाटमा बेलिब्रिज (एक्रोब्रिज) निर्माण गर्ने योजनालाई उच्च प्राथमिकतामा राखेको थियो। सोहीअनुसार नेपाली सेनाको १४ नं बाहिनी अड्डाअन्तर्गतको ब्रिजिङ युनिटले दिनरात नभनी काम गरी ५७.९ मिटर लम्बाइको सो पुल तयार पारेको हो। बिहीबार बेलुकादेखि नै उक्त पुलबाट सबै प्रकारका सवारीसाधन सञ्चालनमा ल्याइएको छ।
Read full story at source (hamrakura.com)