ईभीमा आगलागी हुँदा चालकको मृत्यु
hamrakura.com · Fri Sep 11 00:00:00 GMT 2026

चितवन । भरतपुर महानगरपालिका–९ पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा त्यसका चालकको मृत्यु भएको छ । शरीर जलेका कारण मृतकको सनाखत हुन सकेको छैन ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आज बिहान बाप्र ०१–०३० च ५५७९ नम्बरको ईभीमा आगो लागेको हो । दमकलको सहायताले आगो निभाइएको थियो । कार पूर्ण रूपमा जलेको छ ।
Read full story at source (hamrakura.com)