इजरायल र हिज्बुल्लाह 'युद्धविरामका लागि सहमत'
nepallive.com · Fri Jun 19 15:14:10 GMT 2026

काठमाडौं– इजरायल र लेबननको हिज्बुल्लाह युद्धविराम गर्न सहमत भएको छ । एक वरिष्ठ अमेरिकी अधिकारीले उक्त सहमति भएको जानकारी दिएका हुन् । इजरायलका एक सैनिक प्रवक्ताले भने युद्धविराम कार्यान्वयनमा रहेको तर "आदेश पाए सेनाले पुनः सैन्य कारबाही" गर्ने बताए।
अमेरिका र इरानबीच भएको सहमतिलाई लेबननमा जारी द्वन्द्वले नकारात्मक असर पार्न सक्ने चिन्तामाझ उक्त सम्झौता भएको हो। शुक्रवार अमेरिका र इरानबीच स्विट्जरल्यान्डमा प्रत्यक्ष वार्ता हुने भनिएको भए पनि त्यो स्थगित गरिएको थियो।
Read full story at source (nepallive.com)