माओवादीबाट चुनाव जितेका गिरी रास्वपाको महाधिवेशनमा, नेकपाको सोध्यो स्पष्टीकरण
shilapatra.com · Sat Jun 27 04:44:00 GMT 2026

कैलालीको बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरीलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले स्पष्टीकरण सोधेको छ । नेकपाले २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न गिरीलाई निर्देशन दिएको हो ।
तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट पालिकाको उपाध्यक्षमा निर्वाचित भएका गिरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी भएका थिए । सोही विषयलाई लिएर नेकपाको प्रदेश कमिटीले गिरीलाई स्पष्टीकरण सोधेको हो ।
Read full story at source (shilapatra.com)