बाँकेमा एक सय ९३ कुष्ठरोगी फेला
gorkhapatraonline.com · Fri Sep 11 14:41:19 GMT 2026

बाँके जिल्लामा गत आर्थिक वर्ष ०८२।०८३ मा एक सय ९३ नयाँ कुष्ठरोगी फेला परेका छन् । बाँकेको जानकी गाउँपालिका–३, मानपुरमा अवस्थित साइनिङ अस्पतालमा कुष्ठरोगबाट प्रभावित एक सय ९३ नयाँ बिरामी फेला परेका हुन् ।
तीमध्ये ८१ जना बाँकेका बिरामी रहेको साइनिङ अस्पतालका प्रमुख मङ्गल थारुले जानकारी दिजुभयो । उहाँका अनुसार पहिचान भएकामध्ये ६२ प्रतिशत बिरामीमा कुष्ठरोगको कीटाणु पत्ता लागेको हो ।
Read full story at source (gorkhapatraonline.com)