सुरुङ उद्धार १७ दिनसम्म पनि कठिन, अझै छ जीवनको आशा
onlinekhabar.com · Fri Sep 11 14:49:28 GMT 2026

२६ भदौ, काठमाडौं । भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङका जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्यायो । बाढीका कारण आयोजनाका संरचना मात्रै क्षतिग्रस्त भएनन्, आयोजनामा कार्यरत सयौं व्यक्ति पनि सम्पर्कविहीन भए ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले संकलन गरेको विवरणअनुसार जलविद्युत् आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन छन् । बाढी गएको १७ दिन बितिसक्दा पनि कतिपय हराइरहेका व्यक्ति र सुरुङभित्र फसेको अनुमान गरिएकाहरूको खोज तथा उद्धार पूरा हुन सकेको छैन ।
Read full story at source (onlinekhabar.com)