बाँदर धपाउन राखेको करेन्ट लागेर एक महिलाको मृत्यु
onlinekhabar.com · Fri Jun 19 16:08:08 GMT 2026

५ असार, काभ्रेपलाञ्चोक । काभ्रेमा बाँदर धपाउन राखेको करेन्ट लागेर महिलाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पनौती १२ महभिरस्थित काँक्रा गोडमेल गर्न जाने क्रममा करेन्ट लागेर ६८ वर्षीया कमला मुल्मीको घटानास्थलमानै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवं डीएसपी रविन विष्टका अनुसार काँक्रा खेतीमा बाँदर धेरै आउने भएका कारण त्यहाँ करेन्ट फिट गरी राखिएको थियो ।
Read full story at source (onlinekhabar.com)