रिमालडाँडाको पानी विदुर ट्याङ्कीमा पुगेपछि खानेपानी सेवा सुचारु
nepalsamaya.com · Fri Sep 11 15:23:50 GMT 2026

नुवाकोट। भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले पाइपलाइनमा क्षति पुर्याएपछि अवरुद्ध भएको विदुर क्षेत्रको खानेपानी सेवा सुचारु गर्ने प्रयासअन्तर्गत रिमालडाँडा मुहानको पानी विदुरको ट्याङ्कीमा ल्याइएको छ।
विदुर नगरपालिका–२ र ४ का बासिन्दाको खानेपानी समस्या समाधान गर्न नगरपालिकाको समन्वयमा आवश्यक पाइप उपलब्ध गराइएको थियो। सशस्त्र प्रहरी बलको श्रम सहयोगमा रिमालडाँडा हुँदै धोबीखोलाबाट विदुर ट्याङ्कीमा पानी ल्याउन सफल भएको नगरपालिकाले जनाएको छ।
Read full story at source (nepalsamaya.com)