कहाँबाट जुटाउने यति ठूलो रकम ?
barnanmedia.com · Fri Sep 11 15:23:16 GMT 2026

नेपालले विपत्तिको चक्रबाट उम्किनै नपाएको जस्तो देखिन्छ। कहिले भूकम्प, कहिले भारतीय नाकाबन्दी, हरेक वर्षजसो बाढीपहिरो र अन्य प्राकृतिक विपत्ति। गत वर्षको जेनजी आन्दोलनले सिर्जना गरेको ठूलो आर्थिक क्षति अझै पूर्ण रूपमा सम्बोधन हुन सकेको छैन। त्यसैमाथि अहिले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय क्षतिसँगै अर्थतन्त्रलाई अर्को गम्भीर धक्का दिएको छ।
सरकारले बाढीपछिको पुनर्निर्माण र पुनरुत्थानका लागि ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरेको छ। यो सामान्य बजेटको एउटा शीर्षकबाट व्यवस्थापन गर्न सकिने रकम होइन। यो त मुलुकको समग्र वित्तीय क्षमतामाथि नै प्रश्न खडा गर्ने आकारको दायित्व हो।
Read full story at source (barnanmedia.com)