शिक्षामन्त्री पोखरेल भन्छन्- ‘बर्दिवास मेडिकल कलेज अब बन्छ’
reportersnepal.com · Fri Sep 11 15:36:18 GMT 2026

महोत्तरी । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बर्दिवास मेडिकल कलेज निर्माणले अब गति लिने बताएका छन् । शुक्रबार कलेज निर्माणका लागि प्रस्तावितस्थल बर्दिवास-४ माइस्थानमा सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गर्दै उनले कलेज निर्माण प्रक्रिया अघि बढिसकेको स्पष्ट पारे।
“कलेज बन्ने/नबन्ने विभिन्न थरिका कुराले यस क्षेत्रमा चिन्ता र चासो बढेको छ । अब यसबारे धेरै चिन्ताभन्दा पनि कलेज निर्धारित समयमै बन्छ भन्नेमा सबैलाई विस्वश्त पार्न चाहन्छु”, मन्त्री पोखरेलले भने। यसपालिको बजेटमा कलेज निर्माणका लागि रु २५ करोड रकम विनियोजन गरिएको जनाउँदै उहाँले काम अघि बढाउन अझै रकमको सुनिश्चिततामा आपूm प्रयासरत रहने प्रतिबद्धता जनाए।
Read full story at source (reportersnepal.com)