बेनी हाइड्रोपावरको आईपीओमा मागभन्दा ३० गुणाभन्दा बढी पर्याे आवेदन
arthasansar.com · Fri Sep 11 15:52:44 GMT 2026

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) मा लगानीकर्ताको आकर्षण उच्च देखिएको छ। निष्कासन अवधिभर २३ लाख ६१ हजार १२४ जना आवेदकले शेयर खरिदका लागि आवेदन दिएका छन्।
बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडका अनुसार आवेदकहरूले कुल २ करोड ६३ लाख ७१ हजार ७४० कित्ताका लागि आवेदन दिएका हुन्। यो सर्वसाधारणका लागि छुट्याइएको ८ लाख ६३ हजार २०० कित्ताको तुलनामा करिब ३०.५५ गुणा बढी माग हो।
Read full story at source (arthasansar.com)