इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबिच छलफल हुने
ratopati.com · Fri Jun 19 17:04:23 GMT 2026

काठमाडौँ । अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पहल गरेका मध्यस्थकर्ताहरू पाकिस्तान, साउदी अरब र टर्की आइतबार इजिप्टमा छलफलका लागि भेला हुने कायरोले जानकारी गराएको छ । इस्लामावादले पनि यस समाचारलाई पुष्टि गरेको छ ।
पाकिस्तानको विदेश मन्त्रालयले शुक्रबार भनेको छ, “मध्यस्थ चार मुलुकहरू पाकिस्तान, साउदी अरब, टर्की र इजिप्टका विदेश मन्त्रीहरू ‘क्षेत्रीय विकास र शान्ति, सुरक्षा र स्थिरतासँग सम्बन्धित मुद्दा’ हरूमा छलफल गर्न भेला हुनेछन् ।”
Read full story at source (ratopati.com)