महाराष्ट्रमा भएको सडक दुर्घटनामा छत्तीसगढका ९ जनाको मृत्यु
ratopati.com · Fri Sep 11 17:17:35 GMT 2026

काठमाडौँ । भारतको महाराष्ट्रस्थित भण्डारा जिल्लामा भएको सडक दुर्घटनामा छत्तीसगढका ९ जनाको मृत्यु भएको छ । रायपुर–नागपुर राष्ट्रिय राजमार्गमा शुक्रबार भएको यो दुर्घटनामा अन्य धेरै घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।
कबिधाम जिल्लाका प्रहरी उपरीक्षक जितेन्द्र यादवका अनुसार छत्तीसगढको कबिधाम जिल्लाबाट एक बोलेरो गाडीमा सवार मानिसहरू पोला–तीजा पर्वमा सहभागी हुन नागपुर जाँदै थिए । सोही क्रममा राष्ट्रिय राजमार्ग–५३ अन्तर्गत साकोली–लाखनी मार्गको मुंडीपार नजिक उनीहरूको गाडी (ट्रक) संग ठोक्किएको थियो ।
Read full story at source (ratopati.com)