भोटेकोशी बाढीबाट पाठ सिकेर जलविद्युत् पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड
ratopati.com · Fri Sep 11 17:47:05 GMT 2026

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले जलवायु परिवर्तनका कारण बढ्दै गएको विपद्को जोखिमलाई ध्यानमा राखी जलविद्युत् तथा ऊर्जा पूर्वाधार निर्माणमा आवश्यक सुरक्षा र पूर्वतयारीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ।
इप्पानद्वारा शुक्रबार ललितपुरमा आयोजित ‘परिवर्तनशील जलवायुमा जलवायु प्रतिरोधी पूर्वाधार निर्माण र भोटेकोशी महाप्रलयबाट सिकेका पाठहरू’ विषयक प्राइभेट फोरममा वक्ताहरूले जलवायु परिवर्तनका कारण उत्पन्न विपद्ले जलविद्युत् आयोजनामा ठुलो क्षति पुर्याउन सक्ने भएकाले पूर्वतयारी, जोखिम न्यूनीकरण र सुरक्षित पूर्वाधार निर्माणमा विशेष ध्यान दिनुपर्ने बताएका हुन् ।
Read full story at source (ratopati.com)