पाटीदारको विस्फोटक इनिङ्समा आरसीबी लगातार दोस्रो पटक फाइनलमा
kalakarmi.com · Wed May 27 00:11:04 GMT 2026
धर्मशाला- डिफेन्डिङ च्याम्पियन रोयल च्यालेञ्जर्स बैंग्लुरु लगातार दोस्रो पटक आईपीएल फाइनलमा प्रवेश गरेको छ । धर्मशालामा सोमबार राति भएको क्वालिफायर–१ मा गुजरात टाइटन्सलाई ९२ रनले पराजित गर्दै आरसीबी उपाधिनजिक पुगेको हो ।
पहिले ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २५४ रनको विशाल योगफल तयार पारेको थियो । आईपीएल प्लेअफ इतिहासकै यो सर्वाधिक स्कोर हो । टोलीको जितमा कप्तान रजत पाटीदारले विस्फोटक अविजित ९३ रन बनाए । उनले मात्र ३३ बलमा ९ छक्का प्रहार गर्दै गुजरातका बलरमाथि दबाब सिर्जना गरेका थिए ।
Read full story at source (kalakarmi.com)