इजरायलमा २३ सय जना केयरगिभर माग
kendrabindu.com · Wed May 27 03:33:53 GMT 2026

काठमाडौं । वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्र (वेताबोध) मा २३ सय जना सहायक श्रमिक (केयरगिभर) छनोट गर्न बुधबारदेखि आवेदन दिन पाइने सूचना जारी गरेको छ । योग्यता पुगेकाले असार ७ गतेसम्म आवेदन दिन पाउनेछन् । जसमा ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष छनोट हुनेछन् ।
नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार सरकारी संयन्त्रमार्फत दीर्घकालीन स्याहार केन्द्रमा कामदार पठाइने भएको हो । विभागका अनुसार छनोट भएकामध्ये एक हजार जनालाई तत्काल पठाइनेछ । योग्यता पुगेकामध्ये अन्तिम छनोट भने लक्की ड्रबाट हुने विभागले जनाएको छ । त्यसरी छानिएका सहायक श्रमिकले दीर्घकालीन स्याहार केन्द्रमा जुनसुकै उमेरका गम्भीर शारीरिक तथा मानसिक अपांगता भएका व्यक्तिको स्याहारका लागि काम गर्नुपर्ने विभागले जनाएको छ । श्रमिकको करार अवधि ५ वर्षसम्म रहनेछ ।
Read full story at source (kendrabindu.com)