खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी
nepalnews.com · Sat Jun 27 05:37:51 GMT 2026

पर्वत । रोजगारीका लागि आठ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका एक युवाले मासिक दुई लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्दै आएका छन्। जलजला गाउँपालिका–८ फर्सेका ४५ वर्षीय नारायण जिसीले स्वदेशमै बसेर मासिक दुई लाखभन्दा बढी आम्दानी गर्न सफल भएका हुन्।
विगत १३ वर्षदेखि व्यावसायिक गाईपालनमा लागेका जिसीको गोठमा १२ वटा गाई र एउटा भैँसी छ। उहाँले दैनिक रूपमा ७५ देखि ८० लिटर दूध उत्पादन गरी बजारमा बिक्री गर्दै आएको जानकारी दिए। ‘गाईपालन सुरु गरेपछि आठ वर्ष साउदी अरब गएर काम गरेँ, तर आफ्नै घरमा जस्तो कमाई नभएपछि पुनः फर्केर व्यवसाय विस्तार गरेको हुँ,’ उनले भने।
Read full story at source (nepalnews.com)