धनकुटा नगरका वडालाई १० लाख बजेट सिलिङ
gorkhapatraonline.com · Wed May 27 04:30:35 GMT 2026

धनकुटा नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि वडाहरुलाई १० लाख रुपियाँको बजेट सिलिङ तोकेको छ । नगरपालिकाले आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र र वन तथा वातावरण क्षेत्रमा खर्च गर्न पाउने गरी वडास्तरको बजेट सिलिङ निर्धारण गरेको हो ।
नगरपालिकाले २०८३ वैशाख ३१ गते १० वटै वडालाई पठाएको बजेट सिलिङ र मार्गदर्शनअनुसार वडाहरुले १० लाख रुपियाँको सीमाभित्र रहेर योजना बनाउनुपर्नेछ । यसअघि वडाहरुले करिब ५५ लाख रुपियाँसम्मको सिलिङका आधारमा वार्षिक बजेट पेश गर्दै आएका थिए । तर यस वर्ष भने बजेट उल्लेख्य रूपमा घटाइएको छ ।
Read full story at source (gorkhapatraonline.com)