पलेँटीमा अग्रज गीतकार शिवशंकर थापा
baahrakhari.com · Wed May 27 04:48:15 GMT 2026

काठमाडौं । प्रत्येक अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको ‘आर’सालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम पलेँटीमा आगामी शुक्रबार सुप्रसिद्ध गीतकार शिवशंकर थापाका गीति रचनाहरू प्रस्तुत हुने भएका छन् ।
पलेँटी कार्यक्रम आजभन्दा २१ वर्ष पहिलेदेखि सञ्चालन हुँदै आएको लघु सांगीतिक कार्यक्रम हो । शिवशंकर थापा लामो समयदेखि झापाको विर्तामोडमा रहेर साहित्य साधना गरिरहेका शब्द–शिल्पी हुन् । शिवशंकर नेपाली सांगीतिक जगतका सम्पूर्ण नेपालीभाषी माझ स्थापित नाम हो ।
Read full story at source (baahrakhari.com)