‘एनालग’ को स्मृतिरमण
nepalnews.com · Sat Jun 20 00:15:00 GMT 2026

किरण खरेलको शब्द, शिवशंकरको संगीत र तारादेवीको स्वरको गीत ‘हिमालको काखमा छ सानो मेरो गाउँ, पर्वतकी छोरी हुँ म पार्वती हो नाउँ’ अहिले ‘ट्रेन्डिङ’ मा छ। सुन्ने जमानामा रेकर्ड गरिएको यो गीत अहिले मानिसहरू गुनगुनाउँदैनन् मात्र, दृश्यमा समेत उतार्छन् र अनेक खाले सामाजिक सञ्जालमा पोस्ट गर्छन्। पुराना दिनका स्मृतिरमण (नोस्टाल्जिया)ले अँठ्याएको वेला उनीहरू पुराना संगीतमा डुबुल्की मार्दछन्। ‘सिनेम्याटिक’ कल्पनाको आकाशमा कावा खान्छन्। ग्रामीण पहिरन, श्याम-श्वेत पर्दा र भावभंगी अतीतको नोस्टाल्जिया हो, जसलाई संगीतले सूत्रमा बाँधिदिएको छ। संगीतले अतीतको सामूहिक स्मृतिलाई ताजा गरिदिएको छ।
लाग्दछ, संगीतभन्दा ठूलो नोस्टाल्जिया मानिसका निम्ति दोस्रो अर्को केही छैन। रेडियोमा बज्ने धुन सम्झनासाथ ऊ अतीतको दुनियाँमा विचरण गर्न पुग्दछ। मेरो बाल्यकालमा रेडियो जस्तो मुग्धकारी वस्तु अर्को केही थिएन। रेडियो अर्थात् ‘रेडियो नेपाल’, ‘ठन्डा मतलब कोकाकोला’ भनेझैँ निर्दलीय शासनमा उपलब्ध स्वाभाविक निर्विकल्प सांगीतिक चौतारो थियो। रेडियो सेटमा अन्य रेडियो स्टेसन नबज्ने होइनन्, तर रेडियो नेपालमा आफ्नोपन थियो, आनन्द थियो।
Read full story at source (nepalnews.com)