सिटिजन्स बैंकले बोलायो विशेष साधारणसभा, अग्राधिकार सेयर र सञ्चालक नियुक्ति मुख्य एजेण्डा
arthasansar.com

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । बैंकको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकले असार ३ गते बुधबारका लागि विशेष साधारणसभा बोलाएको हो ।
उक्त सभा बैंकको ८ औँ विशेष साधारणसभा हो । सभा बैंकको दरबारमार्गस्थित आफ्नै मुख्य कार्यालयमा बिहान ९ बजे सुरु हुने छ । उक्त सभाले १०० रुपैयाँका दरले २ अर्ब रुपैयाँ बराबरको ‘७.५ प्रतिशत सिटिजन्स अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने, यसका लागि आवश्यक पर्ने अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि र संरचना संशोधन गर्ने, बैंकको समूहगत सेयर स्वामित्वलाई थप स्पष्ट पार्ने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।
Read full story at source (arthasansar.com)