चार हिमतालको पानी घटाइने
gorkhapatraonline.com · Fri Sep 11 23:46:16 GMT 2026

उच्च जोखिममा रहेका नेपालका हिमतालमध्ये चार वटा ठुला हिमतालको पानी घटाउने गृहकार्य सरकारले सुरु गरेको छ । हिमालमा परेको जलवायु परिवर्तन र उच्च तापक्रमको असरका कारण बढ्दै गएको हिमतालको उच्च जोखिम कम गर्न सरकारले गृहकार्य थालेको हो ।
यही प्रयोजनका लागि जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र स्थापना गरिएको छ । केन्द्रका उपकार्यकारी निर्देशक डा. राजन भट्टराईका अनुसार हिमाली देश नेपालमा विगतका दुई दशकयता उच्च हिमाली भेगमा हिमतालमा पानीको मात्रा बढेको छ भने विस्फोट भएर हिमबाढी सिर्जना हुँदा मानव बस्तीमा जनधनको ठुलो क्षति हुने क्रम पनि बढेको छ । त्यसलाई ध्यानमा राख्दै सरकारले पानी भरिएर जोखिमको तहमा पुग्दै गरेका थप हिमतालको पानी घटाउने कसरत सुरु गरेको हो ।
Read full story at source (gorkhapatraonline.com)