मध्यपूर्वका अमेरिकी सैन्य अड्डा अब सुरक्षित छैनन् - इरानी सर्वोच्च नेता
arthasansar.com

इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डा अब सुरक्षित नरहेको बताएका छन् । हज यात्राको सुरुवातको अवसरमा जारी सन्देशमा उनले अब क्षेत्रीय देशहरु अमेरिकी सैन्य अड्डाका लागि ‘ढाल’ नबन्ने बताएका हुन् । यो अभिव्यक्ति अमेरिकाले दक्षिणी इरानमा नयाँ सैन्य आक्रमण गरेपछि आएको हो ।
यता, अमेरिकी सेनाले आफ्ना सैनिकको सुरक्षाका लागि ‘रक्षात्मक आक्रमण’ गरिएको जनाएको छ । अमेरिकी सेनाका अनुसार इरानी मिसाइल प्रक्षेपण स्थल र समुद्रमा माइन राख्न खोजिरहेका डुंगालाई निशाना बनाइएको थियो ।
Read full story at source (arthasansar.com)