इतिहास दोहोर्याउने दाउमा नेपाल: एसिसी प्रिमियर कपको फाइनलमा आज युएईसँग भिड्दै
ratopati.com · Fri Sep 11 23:53:38 GMT 2026
काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली आज एसिसी प्रिमियर कपको तेस्रो संस्करणको उपाधिमा जित हात पार्दै इतिहास रच्ने योजनामा मैदान उत्रँदै छ । मलेसियामा जारी प्रतियोगिताको आज हुने फाइनल खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) को सामना गर्दै छ । आजको खेलमा युएईलाई हराउन सके नेपाल लगातार दोस्रो पटक एक दिवसीय ढाँचाको एसिसी प्रिमियर कप जित्ने पहिलो टोली बन्नेछ ।
नेपाल सन् २०२३ मा घरेलु मैदानमा आयोजना भएको ५० ओभरको एसिसी प्रिमियर कपको च्याम्पियन टोली हो । पहिलो संस्करणको उपाधि जित्ने क्रममा नेपालले फाइनलमा युएईलाई नै ७ विकेटले हराएको थियो । नेपाली टोली आज फेरि ३ वर्षअघिको इतिहास दोहोर्याउँदै दोस्रो पटक एक दिवसीय प्रारूपको प्रिमियर कपको ट्रफी उचाल्ने दाउमा छ ।
Read full story at source (ratopati.com)