पन्चायन स्तोत्र भजन भक्ती चिरायु माग्ने मागौँ पुस्तक बिमोचन
ajakoartha.com · Wed May 27 05:27:00 GMT 2026

काठमाडौं- पन्चायन स्तोत्र भजन भक्ती चिरायु माग्ने मागौँ पुस्तक बिमोचन भएको छ । २०२० सालमा नाडा गाउँपन्चायतका पूर्व प्रधानपन्च पूर्ण बहादुर शाहद्वारा प्रकाशित, उनका छोरा बरिष्ठ शिक्षासेवी लोकेन्द्र बहादुर शाहद्वारा पुनः प्रकाशित र पुर्नलिखित उक्त पुस्तक अछामको तुर्माखाँद बजारमा बिमोचन गरिएको हो ।
नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटा, तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बिसि, उपाध्यक्ष बिमला शाही, लेखक लोकेन्द्र बहादुर शाह, शाहकी धर्मपत्नी मन्जुदेबी शाह, छोरा नमस्कार शाह लगायतले उक्त पुस्तक बिमोचन गरेका थिए ।
Read full story at source (ajakoartha.com)