महिला उद्यमी र साना व्यवसायमा लगानी बढाउन लक्ष्मी सनराइज बैंकलाई बीआईआईको २ करोड ५० लाख डलर कर्जा
aarthiknews.com

काठमाडौं । बेलायत सरकारको विकास वित्त संस्था ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट र लक्ष्मी सनराइज बैंक बीच नेपालका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) र विशेषगरी महिला उद्यमीको वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यसहित २ करोड ५० लाख अमेरिकी डलर बराबरको कर्जा सुविधा सम्झौता सम्पन्न भएको छ ।
दुवै संस्थाबीच भएको सहकार्यअन्तर्गत लक्ष्मी सनराइज बैंकले एमएसएमई क्षेत्रमा दीर्घकालीन कर्जा प्रवाह विस्तार गर्नेछ । बैंकका अनुसार कुल कर्जा सुविधामध्ये ३० प्रतिशत हिस्सा महिलाको नेतृत्वमा रहेका व्यवसायका लागि लक्षित गरिनेछ ।
Read full story at source (aarthiknews.com)