चलचित्र ‘हली’को टिजरमा छाउपडीको कथा
baahrakhari.com · Sat Jun 20 01:20:04 GMT 2026

काठमाडौं । चलचित्र ‘हली’को टिजर सार्वजनिक भएको छ । साउन २२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको टिजरमा नेपाली समाजमा रहेको छाउपडीको विषय समेटिएको छ ।
छोरी महिनावारी हुँदा छाउगोठमा राखिएको छ । गोठमा राखेपछि परिवार तथा बुबाको समेत मुख हेर्न हुन्न भन्ने घटनालाई पर्दामा उतारिएको छ । त्यसविरुद्ध मुद्दा हालेको देखिन्छ । नयाँ र पुरानो पुस्ताबीचको संघर्ष टिजरमा देख्न सकिन्छ ।
Read full story at source (baahrakhari.com)