एसीसी प्रिमियर कप फाइनल भिडन्त: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?
khabarhub.com · Sat Sep 12 00:37:03 GMT 2026
काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) आमनेसामने हुँदै छन् । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा हुने प्रतिस्पर्धा बिहान ७:१५ बजे सुरु हुँदैछ ।
दुवै टोली दोस्रो पटक एसीसी प्रिमियर कपको उपाधि उचाल्ने दाउमा छन् । सन् २०२३ मा काठमाडौँमा भएको पहिलो संस्करणको फाइनलमा नेपालले युएईलाई नै ७ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । त्यस्तै, सन् २०२४ को दोस्रो संस्करणमा आयोजक ओमानलाई हराउँदै युएई च्याम्पियन बनेको थियो । यसपटकको विजेता टोलीले मात्र आगामी एसिया कपमा स्थान सुरक्षित गर्ने भएकाले दुवै टोलीका लागि यो भिडन्त निकै महत्त्वपूर्ण मानिएको छ ।
Read full story at source (khabarhub.com)