एलजी इलेक्ट्रोनिक्सद्वारा नेपाली घरपरिवारका लागि नयाँ डुअलकुल एयर कन्डिसनर सार्वजनिक
ajakoartha.com · Wed May 27 05:52:00 GMT 2026

काठमाडौं- एलजी इलेक्ट्रोनिक्सले सीजी इलेक्ट्रोनिक्स सँगको साझेदारीमा नेपालमा आफ्नो नयाँ डुअलकुल इन्भर्टर रेसिडेन्सियल एयर कन्डिसनर (RAC) श्रृंखला औपचारिक रूपमा सार्वजनिक गरेको छ । होटल भिभान्ता काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरिएको थियो ।
नयाँ डुअलकुल एयर कन्डिसनरमा “किलोवाट म्यानेजर” नामक स्मार्ट विद्युत् व्यवस्थापन प्रविधि प्रस्तुत गरेको छ, जुन नेपाली घरपरिवारमा प्रभावकारी, ऊर्जा–दक्ष तथा लागत–सचेत कन्डिसनरको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर विकसित गरिएको हो । उक्त उत्पादनहरूको औपचारिक अनावरण चौधरी ग्रुपका प्रबन्ध निर्देशक निरवान चौधरीद्वारा गरिएको थियो ।
Read full story at source (ajakoartha.com)