प्रमसँग छलफलपछि उद्यमी उत्साहित
gorkhapatraonline.com · Sat Sep 12 00:42:03 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहले निजी क्षेत्रको लगानी प्रवर्धन गर्ने उद्देश्यले प्रतिष्ठित उद्योगी–व्यवसायीसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री शाहले विद्यमान कानुन तथा नीतिमा समेत तत्काल सुधार गर्नेबारे उद्यमीहरूसँग छलफल गर्नुभएको बताइएको छ । छलफलमा सहभागी उद्यमीहरूका अनुसार निजी क्षेत्रले विमानस्थल, सडक, पुल जस्ता ठुला पूर्वाधार आयोजनादेखि उत्पादनमूलक क्षेत्रसम्म लगानी प्रवर्धन गर्न अहिले समस्या रहेकाले त्यसका निदानका विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री शाहले शुक्रबार प्रतिष्ठित उद्यमी तथा व्यवसायीहरू चन्द्रप्रसाद ढकाल, विनोद चौधरी, पवन गोल्याण, उमेश श्रेष्ठसँग करिब दुई घण्टा लगानी प्रवर्धनका विभिन्न आयाममा छलफल गर्नुभएको थियो । छलफलमा प्रधानमन्त्री शाहले सरकारले निजी क्षेत्रको लगानी प्रवर्धन गर्न चाहेको बताउँदै लगानी भइरहेका क्षेत्रका अतिरिक्त ठुला पूूर्वाधारमा स्वदेशी तथा विदेशी लगानी विस्तार गर्न सक्ने/नसक्ने विषयमा जिज्ञासा राख्नुभएको छलफलमा सहभागी नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिनुभयो । “निजी क्षेत्रले अहिले भोगिरहेका समस्या समाधान गर्ने उपायदेखि सडक, विमानस्थल जस्ता ठुला पूर्वाधारमा लगानी विस्तार गर्ने विषयमा गम्भीर छलफल गर्नुभयो,” ढकालले भन्नुभयो, “निजी क्षेत्रलाई बलियो मनोबलसहित लगानी प्रवर्धन गर्न सरकारले कानुनी तथा नीतिगत परिवर्तन गर्न सरकार तयार रहेको उहाँको भनाइ थियो ।”
Read full story at source (gorkhapatraonline.com)