भोटेकोशी बाढी : लुम्बिनीका ९७ जना सम्पर्कविहीन
nepalnews.com · Thu Aug 27 09:07:06 GMT 2026

बुटवल । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा पहिरोपछि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट कामको सिलसिलामा रसुवा पुगेका ९७ जना अझै सम्पर्कविहीन रहेका छन्।
सुरुमा सम्पर्क बाहिर रहेका १०१ जनामध्ये चार जना परिवारको सम्पर्कमा आएका छन्। लुम्बिनी प्रदेश सरकारका अनुसार रसुवा विपदमा परी सम्पर्क बाहिर रहेका नागरिकको खोजी तथा उद्धारका लागि आवश्यक पहल भइरहेको छ। प्रदेश सरकारले सम्बन्धित निकायसँग समन्वय गरी सम्पर्कविहीन व्यक्तिको अवस्था पहिचान तथा खोजी कार्यलाई प्रभावकारी बनाउन पहल गरिरहेको जनाएको छ।
Read full story at source (nepalnews.com)