बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग
nagariknews.nagariknetwork.com · Sat Sep 12 00:51:48 GMT 2026

भोटेकोशी बाढीपीडितका लागि बाँकेका निजी विद्यालय र अस्पतालले रु. एक करोड २५ लाखभन्दा बढी सहयोग गरेका छन्।
निजी तथा आवासीय विद्यालय (प्याब्सन) बाँकेमा आबद्ध विद्यालयले रु. ६५ लाख तथा निजी अस्पतालले रु. ६० लाख ७८ हजार ५ सय १३ सहयोग गरेका हुन्। प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यका अनुसार बाँकेका ७७ निजी तथा आवासीय विद्यालयबाट सङ्कलित रकममध्ये रु. ५३ लाख ४१ हजार ४०६ तथा बाँकेका अस्पतालले रु. ६० लाख ७८ हजार ५१३ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला हुनेगरी प्रदान गरेका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)