भोटेकोशी बाढीपीडितका लागि क्याङ्गारू एजुकेसन फाउन्डेशनद्वारा ५ लाख ५५ हजार सहयोग
kendrabindu.com · Thu Aug 27 09:08:44 GMT 2026

काठमाडौँ। भोटेकोशीमा आएको बाढीबाट प्रभावित समुदायको उद्धार तथा पुनर्स्थापनाका लागि क्याङ्गारू एजुकेसन फाउन्डेशनले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा ५ लाख ५५ हजार रुपैयाँ सहयोग गर्ने भएको छ।
फाउन्डेशनका नेपालस्थित कार्यालयहरूका तर्फबाट जारी प्रेस विज्ञप्तिअनुसार बाढी तथा पहिरोका कारण प्रभावित जिल्लाहरूमा जनधनको ठूलो क्षति भएको छ। धेरै परिवारले आफ्नो घरबास, जीविकोपार्जनका आधार तथा प्रियजनहरू गुमाउनु परेको भन्दै फाउन्डेशनले प्रभावित परिवारहरूप्रति गहिरो दुख व्यक्त गर्दै हार्दिक संवेदना प्रकट गरेको छ।
Read full story at source (kendrabindu.com)