विपतमा पनि साल्ट ट्रेडिङको सहज आपूर्ति
gorkhapatraonline.com · Sat Sep 12 01:02:18 GMT 2026

साल्ट ट्रेडिङ कर्पोरेसनले देशमा विपत् वा अप्ठ्यारोको अवस्थामा पनि खाद्यान्न आपूर्ति शृङ्खलालाई नियमित राख्दै आएको छ । प्राकृतिक वा मनसुनजन्य विपत्, सडक अवरुद्ध हुँदा काठमाडौँ उपत्यका र दुर्गम क्षेत्रमा हुन सक्ने कृत्रिम अभावलाई रोक्न कर्पोरेसनले विगतदेखि सहज र सर्वसुलभ आपूर्ति व्यवस्थापन गर्दै आइरहेको जनाएको छ ।
कर्पोरेसनका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेश झाले कर्पोरेसनले प्राकृतिक वा मनसुनजन्य विपत्, सडक अवरुद्ध हुँदा काठमाडौँ उपत्यका र दुर्गम क्षेत्रमा हुन सक्ने कृत्रिम अभावलाई रोक्न नुन, चिनीलगायतका वस्तुमा सधैँ ‘बफर स्टक’ सुरक्षित राख्ने गरेको जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)