आम्दानीको स्रोत बन्दै रातो च्याउ
reportersnepal.com · Sat Sep 12 01:02:12 GMT 2026

काठमाडौं, भदौ २७ । म्याग्दीको धवलागिरि गाउँपालिका–३ मुनाका नगेन मगर हिजोआज जङ्गलमा रातो च्याउ खोज्न व्यस्त छन्। नगेनसहित चार जना मुनाका युवाको समूह रातो च्याउ सङ्कलन गर्नका लागि करिब दश दिनका लागि बस्दोबस्तीका सामानसहित जङ्गलमै गोठ बनाएर बसेका छन् । “तीन जनाले च्याउ खोज्नुहुन्छ, मैले जङ्गलबाट डोकोमा बोकेर गाउँमा ल्याउने गरेको छु,” उनले भने, “करिब दैनिक ५० किलोग्राम च्याउ सङ्कलन र बिक्री भइरहेको छ ।”
नगेनले शुक्रबार करिब रु ४० हजारको रातो च्याउ बिक्री गरेको बताउनुभयो । लेकाली क्षेत्रका बासिन्दा च्याउ पलाउने याम सुरु भएपछि जङ्गल पसेका छन् । प्राकृतिक रूपमा पाइने रातो च्याउ लेकाली क्षेत्रका बासिन्दाको लागि आम्दानीको स्राेत बनेको छ । च्याउको सुरक्षाका लागि पलाउने ठुटाको नजिकै बसेर ओगट्ने चलन छ ।
Read full story at source (reportersnepal.com)