ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट र लक्ष्मी सनराइज बैंकबीच २ करोड ५० लाख अमेरिकी डलर बराबरको कर्जा सम्झौता
annapurnapost.com · Wed May 27 06:14:18 GMT 2026

काठमाडौं : बेलायतको विकास वित्त संस्था तथा प्रभावमुखी लगानीकर्ता ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट र लक्ष्मी सनराइज बैंकबीच २ करोड ५० लाख अमेरिकी डलर बराबरको कर्जा सुविधा सम्झौता भएको छ । नेपालका लघु, साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच विस्तार गर्न र विशेषगरी महिला उद्यमीलाई प्रोत्साहन गर्न सम्झौता भएको बताइएको छ।
नेपालको कुल गार्हस्थ्य उत्पादनमा लघु, साना तथा मझौला उद्यम क्षेत्रको योगदान करिब २२ प्रतिशत रहेको छ भने यस क्षेत्रले झन्डै २० लाख मानिसलाई रोजगारी प्रदान गरेको छ । तर विश्व बैंक र नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वित्तीय संस्थाको सीमित पहुँच तथा उद्यमीको आवश्यकता र बैंकिङ प्रक्रियाबीचको असमानताका कारण औपचारिक वित्तीय प्रणालीमार्फत जम्मा १६ प्रतिशत लघु, साना तथा मझौला उद्यमले मात्र कर्जा सुविधा प्राप्त गर्न सकेका छन् ।
Read full story at source (annapurnapost.com)