शारदा पुस्तकालय पुनः सञ्चालन
gorkhapatraonline.com · Sat Sep 12 01:22:36 GMT 2026

ललितपुर महानगरपालिकाले २०४६ सालदेखि बन्द रहेको ऐतिहासिक शारदा पुस्तकालय सञ्चालनमा ल्याएको छ ।
संस्कृति शिरोमणि हरिराम जोशीले शुक्रबार उद्घाटन गर्नुभएको पुस्तकालय ललितपुर महानगरपालिको नयाँ भवन ब्लक ‘बी’ को चौथो तलामा रहेको छ । २०४६ सालको जनआन्दोलनअघिसम्म शारदा पुस्तकालय ललितपुर नगर पञ्चायतको भवनमा सञ्चालन भएको थियो । संस्कृति शिरोमणि जोशीले शारदा पुस्तकालयलाई जीवन्तता दिएकोमा ललितपुर महानगरपालिकालाई धन्यवाद दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)