महानगरपालिकापालिकाले सुरु गर्यो पोखरा बसपार्कका सुकुम्बासी व्यवस्थापन
kendrabindu.com · Sat Sep 12 01:22:03 GMT 2026

कास्की । पोखरा महानगरपालिकापालिको पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन प्रक्रिया अघि बढाउने भएको छ । महानगरले गरेको छानविनको अन्तिम प्रतिवेदनअनुसार हालसम्म बसपार्कमा ३२५ परिवार भूमिहीन र २४२ परिवार अव्यवस्थित बसोबासी छन् ।
जसमा १४४ परिवार भूमिहीन दलित र १८१ परिवार भूमिहीन सुकुम्बासी तथा २४२ परिवार अव्यवस्थित बसोबासीको सूचीमा छन् । महानगर कार्यपालिका बैठकले भूमिहीन र अव्यवस्थित बसोबासीको विवरण प्रमाणिकरण गरिसकेको छ ।
Read full story at source (kendrabindu.com)