उद्योगीलाई थुनेर होइन, काम गर्ने वातावरण दिएर अर्थतन्त्र बन्छ
barnanmedia.com · Sat Sep 12 01:18:31 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको नेतृत्व सम्हालेको पाँच महिनाको अवधिमा उद्योगी–व्यवसायीमाथि भएका धरपकड, पक्राउ र अनुसन्धानले निजी क्षेत्रलाई आश्वस्त पार्नुभन्दा त्रसित बनाएको गुनासो बढेको छ । यही पृष्ठभूमिमा प्रधानमन्त्रीले चार जना उद्योगीलाई बोलाएर ‘के समस्या छ ? भन्नुस्, म समाधान गर्छु’ भनेपछि प्रश्न उठेको छ—सरकारले निजी क्षेत्रको समस्या बुझ्न यति समय किन लगायो ?
प्रधानमन्त्रीले चार उद्योगीलाई बोलाएर समस्या सोध्दा उनीहरूले के भने होलान् ? धरपकड पर्याप्त भयो ? लगानीमैत्री वातावरण बन्यो ? उद्योगी–व्यवसायी पलायन रोकियो ? कि अब सरकारसँग एउटै आग्रह गरे—‘हामीलाई पक्राउ गर्ने होइन, काम गर्ने वातावरण दिनुस्’ ?
Read full story at source (barnanmedia.com)