साउदीको प्रमुख तेल पाइपलाइनमा इराकी ड्रोन आक्रमण, विश्व बजारमा मूल्यवृद्धिको चिन्ता
ratopati.com · Sat Sep 12 01:31:24 GMT 2026

रियाद । साउदी अरबको महत्त्वपूर्ण ‘ईस्ट–वेस्ट’ तेल पाइपलाइनमा बिहीबार ड्रोन आक्रमण भएपछि पाइपलाइनको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ । आक्रमणका कारण पाइपलाइनसँगै रहेका केही पम्पिङ स्टेसनमा आगलागी भएको र केही मानिस घाइते भएको साउदी अधिकारीहरूले बताएका छन् ।
अमेरिकी अधिकारीहरूका अनुसार पाइपलाइन प्रणालीमा क्षेप्यास्त्र वा ड्रोनबाट आक्रमण भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । एक अमेरिकी अधिकारीले आक्रमणमा प्रयोग भएका ड्रोन इराकबाट आएको हुन सक्ने बताएका छन् । यद्यपि आक्रमणको जिम्मेवारी कसले लिएको भन्ने तत्काल स्पष्ट भएको छैन ।
Read full story at source (ratopati.com)