विपद्मा प्याब्सनको १२ करोड सहयोग, प्रभावित पाँच विद्यालयका लागि २ करोड छुट्याइयो
nepalsamaya.com · Sat Sep 12 01:36:06 GMT 2026

काठमाडौं- निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले रसुवा, नुवाकोटलगायतका क्षेत्रमा आएको बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारको विपद् राहत कोषमा १२ करोड रुपैयाँ सहयोग गरेको छ।
प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्ण अधिकारीका अनुसार देशभरका ६ हजार ५ सयभन्दा बढी सदस्य विद्यालयबाट संकलित रकम सरकारलाई हस्तान्तरण गरिएको हो। करिब ३३ वर्षको इतिहास बोकेको प्याब्सनले विपद्को समयमा राष्ट्रलाई सहयोग गर्ने उद्देश्यले १२ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो।
Read full story at source (nepalsamaya.com)