लक्ष्य एसिया कप
gorkhapatraonline.com · Sat Sep 12 01:44:25 GMT 2026
एसोसिएट क्रिकेटमा नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बिचको प्रतिद्वन्द्विता गजबको छ । यी दुई परम्परागत प्रतिद्वन्द्वी एकअर्काबिच हार्न चाहँदैन । यी दुवै देशले ठुला मञ्चमा एकअर्कालाई बाधा पुर्याएर अगाडि बढेको कैयौँ उदाहरण छन् ।
एसियाली क्रिकेट राष्ट्रका लागि विश्वकप सरह मानिएको एसिया कपको छनोट प्रतियोगिता एसिसी प्रिमियर कप यसको गतिलो उदाहरण हो । सन् २०२३ मा नेपालले घरेलु मैदानमा भएको एसिसी प्रिमियर कपमा अपराजित रहेर च्याम्पियन बनी पहिलो पटक एसिया कपमा स्थान बनाएको थियो । १० टिम सहभागी प्रतियोगितामा नेपालले फाइनलमा युएईलाई नै हराएर इतिहास बनाएको होे तर युएईले एसिसी प्रिमियर कपको अर्को संस्करणमै नेपाललाई सेमिफाइनलमा हराएर बदला लियो । जुन हारले नेपाल लगातार एसिया कप खेल्नबाट वञ्चित भएको थियो । यस पटक नेपालसमक्ष पनि युएईसँग बदला लिएर एसिया कप खेल्ने अवसर मिलेको छ ।
Read full story at source (gorkhapatraonline.com)