बाढीपीडित भन्छन्– जाडो सुरु हुनुअघि नै न्यानो कपडा र आवास
annapurnapost.com · Sat Sep 12 01:30:18 GMT 2026

नुवाकोट : भोटेकोशी र त्रिशूलीको बाढीबाट विस्थापित नागरिकलाई खाद्यान्न मिले पनि जाडो नजिकिएकाले न्यानो कपडा, कम्बल र अस्थायी आवासको तत्काल खाँचो परेको जनप्रतिनिधिहरूले बताएका छन्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को अनुगमन टोलीसँग पीडित तथा जनप्रतिनिधिले अस्थायी आवासको माग गरेका हुन्। विदुर नगरपालिका–१० का वडाध्यक्ष गणेश नेपालका अनुसार बाढीपीडितलाई खाद्यान्न पुगे पनि जाडोबाट बच्न न्यानो कपडा र अन्य सामग्री तत्काल आवश्यक छ। ‘लामो समयदेखि अस्थायी रूपमा बसेका पीडितका लागि यी सामग्रीको समयमै व्यवस्थापन गर्नुपर्छ,’ उनले भने।
Read full story at source (annapurnapost.com)