एसिया कपको टिकट काट्ने निर्णायक भिडन्त- दुई चिरपरिचित प्रतिद्वन्द्वी आमने-सामने
lokaantar.com
लगातार दोस्रो पटक एकदिवसीय ढाँचाको एसिया कप खेल्ने लक्ष्यमा रहेको नेपालले आज (शनिबार) संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र यूएईबीचको फाइनल खेल मलेसियामा नेपाली समयअनुसार बिहान ७:१५ बजे शुरू हुनेछ ।
एसीसी पुरुष प्रिमियर कपको फाइनल खेल जित्ने टोली आगामी एसिया कपका लागि छनोट हुनेछ । नेपालका लागि यूएई परिचित र बलियो प्रतिद्वन्द्वी हो । जारी प्रतियोगितामा सहभागी १० टोलीमध्ये आफूले खेलेका सबै खेल जित्ने यूएई एकमात्र टोली हो । नेपाल भने समूह चरणको एक खेलमा पराजित भए पनि समूह ‘ए’को विजेता बन्दै सेमिफाइनल पुगेको हो ।
Read full story at source (lokaantar.com)