बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार
reportersnepal.com · Sat Sep 12 01:50:33 GMT 2026

पाल्पा, भदौ २७ । दुई वर्षअघि यहाँको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो नहुँदै बारीमा पुग्ने, दिनभरि मकैका बोट नियाल्ने र बाँदरको बथान देखिने बित्तिकै गुलेली र नक्कली बन्दुक लिएर धपाउने गर्थे । साँझ परेपछि पनि उनीहरू घर फर्किन पाउँदैन थिए । रातभरि बँदेल बारीमा पसे कि भन्ने चिन्ताले सधैँ पिरोल्ने गर्थ्यो ।
खेती गरेर पनि उत्पादन घर भित्र्याउन नसकेपछि कतिपय किसान खेतीबाटै निराश हुन थालेका थिए । तर अहिले वडा कार्यालयले गाउँगाउँमा बाँदर हेरालु कर्मचारीदेखि, कृषकको बारीमा काँडेतार जालीको व्यवस्था गरेपछि भने किसानलाई राहत मिलेको छ । वडा कार्यालयले २०८० सालदेखि बारीमा हेरालुको व्यवस्था गर्नुका साथै जङ्गली जनावरबाट बाली जोगाउन जाली लगाएपछि किसानलाई खेती गर्न सहज भएको हो ।
Read full story at source (reportersnepal.com)