रातभर दुलही पर्खेका ४२ बेहुला रित्तै फर्किए, लाखौँ रकम लिएर 'लमी' फरार
lokaantar.com

भारतको मध्य प्रदेशस्थित देवास जिल्लामा सामूहिक विवाहको प्रलोभन देखाई ४२ जना युवाहरूसँग लाखौँ रुपैयाँ ठगी गरिएको एउटा गम्भीर घटना सार्वजनिक भएको छ। इन्दौरको अनाथालयका युवतीहरूसँग विवाह गराइदिने र मुख्यमन्त्रीको उपस्थितिमा ५१ हजार रुपैयाँको चेकसमेत उपलब्ध गराउने आश्वासन दिँदै एउटा गिरोहले दर्जनौँ बेहुला र उनीहरूका परिवारलाई ठगेको हो।
घटनाको विवरणअनुसार आइतबार बिहान देवासको माता टेकरी मन्दिरमा विवाहको तयारी भइरहेको थियो। हल्दी र मेहन्दी समारोहका लागि तम्तयार भएर पुगेका ४२ जना बेहुलाहरू र उनीहरूका आफन्तहरू दिनभर दुलही आउने प्रतीक्षामा बसे। केही बेहुलाहरू त ६० वर्षसम्मका थिए भने अधिकांश विवाहको बाचासहित ठूलो रकम तिरेर जन्ती लिएर पुगेका थिए।
Read full story at source (lokaantar.com)