इरान र खाडी मुलुकहरूबीच होर्मुजबारे छलफल हुँदै
barnanmedia.com · Sat Sep 12 01:57:57 GMT 2026

तेहरानले सोमबार ओमानमा खाडी मुलुकहरूसँग विश्वभर इन्धन आपूर्तिका लागि रणनीतिक महत्वको होर्मुज जलमार्गका बारेमा छलफल गर्ने इरानी विदेश मन्त्रालयले जनाएको छ ।
मध्यपूर्वको युद्धका क्रममा इरानले यो जलमार्गलाई पटक पटक अवरूद्ध पारेको छ । शुक्रबार जारी विज्ञप्तिमा मन्त्रालयले भनेको छ, “यो बैठक क्षेत्रका देशहरूबीच राम्रो समझदारी बढाउन र साझा क्षेत्रीय सुरक्षा सुदृढ गर्न लक्षित छ। ‘इराक र पर्सियाली खाडीका अन्य तटवर्ती राज्यहरू’ पनि सहभागी हुने बताइएको छ ।
Read full story at source (barnanmedia.com)