साताको सेयर : साढे १६ अंकले बढ्यो नेप्से, औषत कारोबार ४ अर्ब माथि
arthasansar.com · Sat Sep 12 02:09:32 GMT 2026

लामो समय पछि यो साता सेयर बजार बढेर बन्द भएको छ । अघिल्ला हप्ताहरुमा घटेर बन्द हुने गरेको सेयर बजार यो साता भने बढेर बन्द भएको हो ।
यो साता नेप्से परिसूचक साढे १६ अंक बढेर बन्द भएको छ । गत साता २५४२.७७ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.६६ प्रतिशत अर्थात १६.७२ अंक बढेर २५५९.४९ विन्दुमा बन्द भएको हो । यो साताका चार कारोबार दिनमध्ये बजार दुई दिन बढ्यो भने दुई दिन घट्यो । यो साता फ्लोट इण्डेक्स १.३५ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ४.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४८ अंक बढेको छ।
Read full story at source (arthasansar.com)