यस वर्ष किसानलाई मलको अभाव हुन नदिन संसदीय समितिको निर्देशन
hamrakura.com · Wed May 27 00:00:00 GMT 2026
काठमाडौँ । सांसदहरूले यस वर्ष किसानलाई मलको अभाव हुन नदिन समयमै आवश्यक व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘रासायनिक मलको सहज एवं सुलभ आपूर्ति, मौज्दातको वर्तमान अवस्था र वितरण प्रणाली’ बारे छलफल भएको थियो। सो छलफलमा सांसदहरूले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि कुनै पनि बहानामा किसानलाई मलको अभाव हुन नहुने भन्दै समयमै प्रक्रिया अगाडि बढाउनुपर्ने धारणा राखे।
बैठकमा सांसद ज्ञानेन्द्र सिंह महताले प्रत्येक वर्ष सरकार वा सम्बन्धित निकायले मल अभावको समस्या मात्रै देखाउनुभन्दा ठोस समस्या पहिचान गरी समाधानको विकल्प अपनाउनुपर्नेमा जोड दिए। त्यस्तै सांसद वशुमाया तामाङले नेपाल कृषि प्रधान देश भए पनि मलका लागि सधैँभरि विदेशीसँग भर पर्नुको सट्टा दीर्घकालीन समाधानका निम्ति देशभित्रै अर्ग्यानिक मल उत्पादनलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने धारणा राखिन्।
Read full story at source (hamrakura.com)